शुक्रबार सुन प्रतितोला ३०० रुपैयाँले बढ्यो

शुक्रबार सुन प्रतितोला ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २७ । लगातार ४ दिन घटेको सुनको भाउ आज भने बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला ७००–२००–१०० र २०० रुपैयाँले घटेको थियो ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 12 January 2024


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क