शुक्रबार सुन प्रतितोला ३०० रुपैयाँले बढ्यो

शुक्रबार सुन प्रतितोला ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २७ । लगातार ४ दिन घटेको सुनको भाउ आज भने बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला ७००–२००–१०० र २०० रुपैयाँले घटेको थियो ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 12 January 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने