अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ

अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ : Icon Khabar

काठमाडौं, पुस २६ । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका-७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका-११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन् ।

विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Published Date: 11 January 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक