जाडोमा ओढ्ने सिरक-कम्बलको सरसफाईमा ध्यान दिनुभएको छ ?

जाडोमा ओढ्ने सिरक-कम्बलको सरसफाईमा ध्यान दिनुभएको छ ? : Icon Khabar

काठमाडौं, पुस २१ । जाडोबाट जोगिन हामी हतार-हतार तन्ना-सिरकमा घुसिहाल्ने गरेका छौं। जाडोमा ज्यान तताउने यी कपडाको सरसफाइ भने कम हुने गर्छ। किनभने बाक्लो लुगा जाडोमा सुक्न निकै समय लाग्छ। त्यसैले हरेक हप्ता धोएर ओढ्न कल्पना समेत गरिदैन ।

जाडोमा कम्तिमा तीन देखि चार महिना ओढिने सिरक आफैं अस्वस्थ भएको हामीलाई थाहा हुँदैन। नियमित प्रयोगका कारण ब्याक्टेरिया र जर्म्स यसमा आउन थाल्छन्। त्यसैले सिरक-कम्बल, स्विटर, सल र ज्याकेट नियमित सफा राख्न जरुरी हुन्छ।

सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त ? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीन सिंह भन्छन्, ‘त्यहाँ रहेको धुलोमैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ।’

जाडो सुरु हुनुभन्दा पहिले सिरकले घाम देख्न पाउँछ तर त्यसपछि लगातार प्रयोग गर्दा वातावरणमा रहेको धुलोमैलो यहाँ जम्न थाल्छ। कतिपय अवस्थामा तातोकै कारण पसिना समेत आउँछ। जुन त्यहीँ टासिन्छ। यसले फंगस हुर्किन मद्दत गर्छ। प्रयोगपछि खुला हावामा छाड्ने भन्दा पनि हामी पट्याउनतिर लाग्छौं। जसले पसिनाको ‌ओसिलो सुक्दैन, त्यसले फंगसलाई फैलिन सहयोग मिल्ने डा सिंह बताउँछन्।

उनका अनुसार सिरक-कम्बलबाट निस्किने धुवाँ गाडीबाट निस्किने धुवाँजस्तै हानिकारक हुन्छ।

मैलो सिरकका कारण हुन सक्ने समस्या :

रातिको समय शरीर चिलाउने
सुत्नेबित्तिकै खोकी वा हाछ्यु आउने
बिहान-बिहानै टाउको दुखाइ र ज्वरोको महशुस
शरीरमा स-साना बिबिरा वा दागहरु आउन थाल्नु
घाटीको दुखाइ तथा इन्फेक्सन

Published Date: 06 January 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी