ख्वप सर्कलअन्तर्गतका कलेजहरुमा निकै शुलभ रुपमा पठनपाठन हुँदै आएको छ: मेयर प्रजापति

ख्वप सर्कलअन्तर्गतका कलेजहरुमा निकै शुलभ रुपमा पठनपाठन हुँदै आएको छ: मेयर प्रजापति : Icon Khabar

भक्तपुर, पुस २० । भक्तपुर नगरपालिका वडा नं. ९ मा नगर स्वास्थ्य केन्द्र शुभारम्भ गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक कार्यक्रमबीच सो केन्द्र शुभारम्भ गरेका हुन्।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरबासीहरुको लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरका विभिन्न वडाहरुमा नगर स्वास्थ्य सेवा केन्द्रहरुको विस्तार गरिएको उल्लेख गर्दै संविधानले नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र संवद्र्धन गरेकोले भक्तपुर नपाले उक्त कार्यलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको बताए।

भक्तपुर नगरपालिकाले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले विभिन्न कलेजहरु सञ्चालन गर्दै आइरहेको र हाल ख्वप सर्कलअन्तर्गत नर्सिङ, इन्जिनियरिङ र कानुनजस्ता विषयहरु पनि निकै शुलभ रुपमा नपाले पठनपाठन गर्दै आइरहेको बताए।

भक्तपुर नपाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आएको बताउँदै उनले स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई दिनुपर्ने रकम अझ सोधभर्ना नगराएको समेत उक्त कार्यक्रममा बताए।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगर स्वास्थ्य केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनतालाई आधाभूत स्वास्थ्य सेवाहरु उपलब्ध गराउने जानकारी दिँदै बिहान ७ बजेदेखि ९ बजेसम्म घरदैलो नर्सिङ सेवा पनि चालु रहने बताए।

कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ले ख्वप अस्पतालमा दैनिक ८०० देखि ९०० को हाराहारीमा बिरामी स्वास्थ्य जाँचको लागि आउने गरेको बताउँदै वडास्तरबाट नगर स्वास्थ्य केन्द्र स्थापनाले नगरबासीहरुई सहज हुने बताए।

उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडा सदस्य तथा कार्यपालिका सदस्य छोरीमैंया सुजखू, वडा सदस्य इन्द्रबहादुर प्याथ, स्वास्थ्यकर्मी कृष्णशोभा लवजूले पनि बोलेका थिए।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित नगर स्वास्थ्य केन्द्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ र सो केन्द्रबाट निःशुल्क औषधी वितरण, डट्स क्लिनिक, परिवार नियोजन, खोप सेवा, ओपीडी चेकजाँच, निःशुल्क ड्रेसिङ सेवालगायतको सेवा सुविधाहरु प्रदान गरिनेछ ।

Published Date: 05 January 2024
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो