जापान भुकम्प: चार दिनमा ९२ जनाको मृत्यु, २४२ जना अझै बेपत्ता

जापान भुकम्प: चार दिनमा ९२ जनाको मृत्यु, २४२ जना अझै बेपत्ता : Icon Khabar

काठमाडौैं, पुस २० । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको संख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ ।

सो क्षेत्रका आसपासमा थप क्षति हुने चिन्ता बढेको र खोजी कार्य तीव्र बनाइएको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले प्रीफेक्चरल अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

भूकम्पपछि सबैभन्दा बढी प्रभावित तटीय सहर बाजीमामा अझै पनि ४० भन्दा बढी मानिस पुरिएको र भत्केको संरचनामा फसेको बताइएको छ । जापानी आत्मरक्षा बलहरूले लगभग ४६ हजार कर्मचारीहरू संलग्न भएका, प्रहरी र दमकल विभागहरूसँग मिलेर बेपत्ताहरूको खोजी र सुरक्षाको पुष्टि गर्नका लागि आफ्नो प्रयासहरू विस्तार गरेका छन् ।

क्योडोले जापानको भूस्थानिक सूचना प्राधिकरणको पछिल्लो अनुमानलाई उद्धृत गर्दै, बाजिमा सहरको केन्द्रमा भुइँचालोको क्रममा ठुलो आगलागी भएपछि ४.५ फुटबल मैदान बराबरको करिब ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ । १० भन्दा बढी स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा अत्यावश्यक सामग्रीको डेलिभरी चुनौती बनेको छ ।

सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठुलो भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।

Published Date: 05 January 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी