तीन दिने स्टुडेन्टस् बुक फेयरको आज दोश्रो दिन, सहभागिता उत्शाहजनक

तीन दिने स्टुडेन्टस् बुक फेयरको आज दोश्रो दिन,  सहभागिता उत्शाहजनक : Icon Khabar

भक्तपुर, माघ ६ । भक्तपुर बुक क्लबको आयोजनामा भैरहेको तीन दिने स्टुडेन्टस् बुक फेयर दोश्रो दिन आज पनि विभिन्न ठाउँबाट विद्यार्थी लगायत पुस्तक प्रेमी व्यक्तित्वहरुको उत्शाहजनक उपस्थिति रहयो। आजको कार्यक्रममा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठले कविता वाचन गरेका थिए।

पहिलो सत्रको कविता गोष्ठीमा बागिश्वरी मावि, आदर्श मावि, ब्रम्हायणी आवि तथा भीम आदर्श आवि लगायत पुल्चोक क्याम्पसका गरि जम्मा २६ जना विद्यार्थीले कविता वाचन गरेका थिए। उक्त कविता वाचन कार्यक्रम डेट पोयट सोसाइटीले सहजीकरण गरेको थियो।

दोश्रो सत्रमा कथावाचक विना प्रजापति र कृष्ण दिप सिग्देलको उपदेशमूलक कथाले सहभागीहरुको मन जितेको थियो। बुक फेयरमा वातावरण, स्वास्थ्य, इतिहास तथा कथा कविता निबन्ध उपन्यास लगायत बालसाहित्यसँग सम्बन्धित पुस्तक एवं विभिन्न उमेर समूहगत पुस्तकहरू न्यूनतम मूल्य रू.२५ देखि रू. ४००० सम्मका रहेका छन् ।

कार्यक्रममा विद्यार्थीले १५% देखि ३०% भन्दा बढी छुटमा पुस्तकहरू एवं रू.५० देखि १००० सम्मका कपडाका व्याग, नोटबुक तथा थैलीहरू तथा हेल्थ एण्ड एडुकेशन ग्रुपकाे कागजी हस्तकलाका सामानहरु विशेष छुटमा बिक्रीवितरण भैरहेको छ । निःशुल्क प्रवेशको व्यवस्था भएको सो कार्यक्रममा अनुसन्धान मूलक पुस्तक पनि रहेको छ । बुक फेयरको अन्तिम दिन भोलि शनिबार रहेको छ। बिदाको दिन परेको हुनाले पाठक वर्ग , पुस्तक प्रेमी ब्यक्तित्वहरु अनि विद्यार्थी वर्गको उल्लेख्य उपस्थिति हुनेमा कार्यक्रमका संयोजक एवं क्लबका अध्यक्ष्य दिनेश प्रधानले विश्वास ब्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2023
Website | + posts