बात्साल्या र लिटिल फ्ल्वार विजयी

बात्साल्या र लिटिल फ्ल्वार विजयी : Icon Khabar

धनगढी, माघ ६ । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन् ।

बिहान भएको खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो । उसका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोडे । बात्साल्याका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिए । यस्तै जवाफी ब्याटिङमा बात्साल्यले ६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो । उसका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेले । अतिरिक्त मार्फत बात्साल्याले २० रन पायो ।

कैलालीका मुकेश साहले ३ किवेट लिए । दिउँसो भएको खेलमा लिटिल फ्लवार इङ्लिस स्कुलले त्रिनगर सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११.६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो । उसका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन । लिटिल फ्ल्वारका रोशन रावल र सुवोध तिवारीले समान ३–३ विकेट लिनुभयो । त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २–२ विकेट हात पारे । जवाफी ब्याटिङमा लिटिल फ्ल्वारले ३.२ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका आरिष बोहले ३० तथा यशकुमार कठायतले ८ रन जोड्को थियो ।

खेलको म्यान अफ द म्याच लिटिल फ्ल्वारका रोशन रावल भए । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ । यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए । त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउने छन् । डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

Published Date: 20 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु