भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मदरल्याण्डका विद्यार्थी सहभागी हुने

भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मदरल्याण्डका विद्यार्थी सहभागी हुने : Icon Khabar

भक्तपुर, पुस १९ । भारतको कोलकत्ता शहरमा यहि पुस २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन गइरहेको गुवील अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट ५ खेलाडि २०८० पौष १८ गते मास्टर लक्ष्मण वस्नेतको नेतृत्वमा प्रस्थान गरेका छन् ।

मदरल्याण्ड स्कुल भक्तपुरको कक्षा ८ मा अध्ययनरत अन्तर्राष्ट्रिय पदक विजेता जयराम विक जुनियर अन्डर ४८ केजी तर्फ र मदरल्याण्ड स्कुलकी पूर्व विद्यार्थी एवं मदरल्याण्ड समूहबाट प्रशिक्षित महिला सिनियर अन्डर ४९ केजी तर्फ आरती सिखंवाल लगाएत जुनियर अन्डर ५९ केजी तर्फ निशान्त लामिछाने, सिनियर अन्डर ६८ केजी तर्फ शान्त कुमार राणामगर र अस्तिक नकर्मीले ताइक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेल्नेछन् ।

नेपाल, भारत, बगंलादेश, भूटान लगायत देशका खेलाडिहरु सहभागी हुने खेलमा तेक्वान्दो आईटीएफ़ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत बिशेष अतिथिको रूपमा आमन्त्रित भएका छन् ।

सहभागी टोली लाई बनेपा १३ स्थित विकटेश्वर मन्दिरका पुजारी प्रदीप पौड़ेलले मन्दिर प्रांगणमा वैदिक परम्परा अनुशार मन्त्रोचारण गरी सफलताको आशीर्वाद दिई बिदाई गरेका थिए । साथै मदरल्याण्ड स्कुल भक्तपुरका २ खेलाडिलाई स्कुलकी व्यवस्थापक शर्मिला देउजाले विदाई तथा शुभकामना दिएकी थिईन्।

Published Date: 04 January 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी