अदुवा: तौल घटाउन देखि कफको समस्या हटाउनमा बहुउपयोगी

अदुवा: तौल घटाउन देखि कफको समस्या हटाउनमा बहुउपयोगी : Icon Khabar

काठमाडौं, पुस १९ । अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्राय: हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । अदुवा मात्रै होइन, अदुवापानीलाई नियमित रूपमा सेवन गर्ने हो भने शरीरलाई फाइदा मिल्दछ ।

पेटसम्बन्धी समस्याको समाधान
हरेक दिन अदुवापानी पिउनाले पाचन प्रक्रिया राम्रो बन्दछ । साथै पेट पोल्ने समस्याको पनि यसले समाधान गर्दछ ।

सुगर कन्ट्रोल
अदुवाको पानीमा हुने जिंक तत्त्वले शरीरमा सुगरको कन्ट्रोल गर्दछ । त्यसैले डायबिटिजका बिरामीहरूका लागि अदुवापानी उपयोगी हुन्छ ।

तौल घटाउँछ
ब्लड सुगरको मात्रा कन्ट्रोल गर्ने अदुवाको विशेषता हो । साथै अदुवापानी नियमित सेवन गर्दा शरीरको तौल बिस्तारै घट्दै जान्छ । त्यसैले मोटोपनले सताएको छ भने अदुवापानीको प्रयोग गर्नु फलदायी हुन्छ ।

महिनावारीको दुखाइलाई कम गर्छ
एक अध्ययनका अनुसार महिनावारीको समयमा नियमित हल्का तातो अदुवापानी पिउनाले पेट दुखाइ कम गर्दछ ।

मांशपेशीको दुखाइ कम गर्छ
अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।

टाउको दुख्न कम गर्छ
अदुवा पानी नियमित पिउनाले मस्तिष्कका कोषहरूमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।

छाला स्वस्थ बनाउँछ
नियमित अदुवापानी पिउनाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ ।

रोग प्रतिरक्षा क्षमता बढ्छ
अदुवा पानी पिउनाले शरीरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रूघाखोकीको खतरा टर्छ ।

कफको समस्या हटाउँछ
अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्छ । एजेन्सी

Published Date: 04 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग