अदुवा: तौल घटाउन देखि कफको समस्या हटाउनमा बहुउपयोगी

अदुवा: तौल घटाउन देखि कफको समस्या हटाउनमा बहुउपयोगी : Icon Khabar

काठमाडौं, पुस १९ । अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्राय: हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । अदुवा मात्रै होइन, अदुवापानीलाई नियमित रूपमा सेवन गर्ने हो भने शरीरलाई फाइदा मिल्दछ ।

पेटसम्बन्धी समस्याको समाधान
हरेक दिन अदुवापानी पिउनाले पाचन प्रक्रिया राम्रो बन्दछ । साथै पेट पोल्ने समस्याको पनि यसले समाधान गर्दछ ।

सुगर कन्ट्रोल
अदुवाको पानीमा हुने जिंक तत्त्वले शरीरमा सुगरको कन्ट्रोल गर्दछ । त्यसैले डायबिटिजका बिरामीहरूका लागि अदुवापानी उपयोगी हुन्छ ।

तौल घटाउँछ
ब्लड सुगरको मात्रा कन्ट्रोल गर्ने अदुवाको विशेषता हो । साथै अदुवापानी नियमित सेवन गर्दा शरीरको तौल बिस्तारै घट्दै जान्छ । त्यसैले मोटोपनले सताएको छ भने अदुवापानीको प्रयोग गर्नु फलदायी हुन्छ ।

महिनावारीको दुखाइलाई कम गर्छ
एक अध्ययनका अनुसार महिनावारीको समयमा नियमित हल्का तातो अदुवापानी पिउनाले पेट दुखाइ कम गर्दछ ।

मांशपेशीको दुखाइ कम गर्छ
अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।

टाउको दुख्न कम गर्छ
अदुवा पानी नियमित पिउनाले मस्तिष्कका कोषहरूमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।

छाला स्वस्थ बनाउँछ
नियमित अदुवापानी पिउनाले शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ ।

रोग प्रतिरक्षा क्षमता बढ्छ
अदुवा पानी पिउनाले शरीरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रूघाखोकीको खतरा टर्छ ।

कफको समस्या हटाउँछ
अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्त्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न