महिला उद्यमी मञ्चको राहत वितरण कार्यक्रम सम्पन्न

महिला उद्यमी मञ्चको राहत वितरण कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाण्डौँ, माघ ६। नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथली, काठमाण्डौँमा एक कार्यक्रमका बिच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु हस्तानान्तरण गरेको छ ।

राहत वितरण कार्यक्रममा नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चका संयोजक श्री छाँया शर्मा, किरण सुजका महानिर्देशक श्री विदुषी राणा, चौधरी ग्रुपका प्रतिनिधि श्री आसरता कार्की चौधरी, लाङटाङ्ग रिटेकिङ्ग तथा एकस्पिडिशनका महानिर्देशक श्री पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्यहरु श्री सरिता लामा, श्री अनुजा सर्राफ तथा जावलाखेल ग्रप अफ इण्डष्ट्रिजका करर्पोरेट अधिकृत श्री आरती लामाले ५५० थान बाक्लो कम्मल, ५५० थान उनको टोपी, ५५० थान उनको मोजाका साथै चिउरा कर्मायोग संस्थाका समुदाय विकास निर्देशक श्री सौरभ रिमाललाई प्रदान गरेका थिए।

राहतका सामाग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४,६,७,८,९,१०,११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाँउका मुसहर, मधेशी, जनजाती, पिछडिएका समुदायहरु र विपन्न परिवारम्म पुराइदैछ । यस प्रकारका सहयोग र सहकार्यको वितरण गर्ने संस्थाका निर्देशक रिमालले परिसंघ र परिसंघको महिला उद्यमी मञ्चको प्रशंसा गर्दै धन्यवाद समेत दिए । साथै, राहतका सामाग्रिहरु राजधानीबाट सम्बन्धित गाउँमा उचित तवरबाट २ देखि ३ दिनको समयावधिमा पुगि सक्ने जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2023
Website | + posts