मेयर हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको तस्वीर राखेपछि……..

मेयर हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको तस्वीर राखेपछि…….. : Icon Khabar

काठमाडौं, पुस १३ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए ।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’, मेयर साम्पाङले लेखेका थिए ।

कार्यकक्षमा यलम्बरको तस्वीर राखेपछि उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर हटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts