नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट

नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट : Icon Khabar

नयाँ दिल्ली, पुस ११ । भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट भएको छ । चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिक मंगलबार साँझ बम विस्फोट भएको हो ।

दूतावास पछाडि रहेको खाली जग्गामा विष्फोटको आवाज सुनिएको थियो । विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको भारतीय अधिकारीले बताएका छन् ।

समाचार एजेन्सी ‘पीटीआई’ ले दिल्ली पुलिस स्रोतलाई उद्धृत गर्दै घटनास्थलबाट इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको छ । यसमा के लेखिएको छ भन्ने जानकारी दिइएको छैन ।

विष्फोटको आवाज आएको ठाउँबाट केही दूरीमा रहेको दूतावासबाट केही टाढा रहेको एउटा खाली प्लाटमा प्रहरीले एउटा चिठ्ठी प्राप्त गरेको हो । पत्र इजरायली राजदूतको नाममा लेखिएको छ । त्यहाँ एउटा झण्डा बेरिएको छ । पत्र प्रहरीको नियन्त्रणमा छ ।

दिल्ली प्रहरीले उक्त क्षेत्रमा कुनै पनि विस्फोटक पदार्थ भने नभेटिएको जनाएको छ । इजरायली दूतावासका प्रवक्ता गाय नीरले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार साँझ ५ः२० बजे दूतावास नजिकै ‘विस्फोट’ भएको बताएका थिए । उनले कर्मचारी पूर्ण रूपमा सुरक्षित रहेको पनि पुष्टि गरेका छन् ।

अक्टोबर ७ मा गाजाको आतंकवादी संगठन हमासले इजरायलमा प्रवेश गरी १२ सय मानिसको हत्या गरेको थियो ।

त्यसपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । हालसम्म इजरायलको आक्रमणबाट १६ हजार प्यालेस्टाइनी मारिएका छन् । सन् २०२१ मा इजरायली दूतावास बाहिर सामान्य विस्फोट भएको थियो । यसबाट तीनवटा गाडीमा क्षति पुगेको थियो ।

उक्त विस्फोटको अहिले पनि अनुसन्धान भइरहेको छ । विस्फोटपछि इजरायलले इरानमाथि षड्यन्त्र गरेको आरोप लगाएको थियो । घटनास्थलबाट एउटा चिठ्ठी बरामद भएको छ । यो इरानी कमाण्डर कासिम सुलेमानीको हत्याको बदला हो भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 December 2023
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित