नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट

नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट : Icon Khabar

नयाँ दिल्ली, पुस ११ । भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली राजदूतावास अगाडि बम विस्फोट भएको छ । चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिक मंगलबार साँझ बम विस्फोट भएको हो ।

दूतावास पछाडि रहेको खाली जग्गामा विष्फोटको आवाज सुनिएको थियो । विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको भारतीय अधिकारीले बताएका छन् ।

समाचार एजेन्सी ‘पीटीआई’ ले दिल्ली पुलिस स्रोतलाई उद्धृत गर्दै घटनास्थलबाट इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको छ । यसमा के लेखिएको छ भन्ने जानकारी दिइएको छैन ।

विष्फोटको आवाज आएको ठाउँबाट केही दूरीमा रहेको दूतावासबाट केही टाढा रहेको एउटा खाली प्लाटमा प्रहरीले एउटा चिठ्ठी प्राप्त गरेको हो । पत्र इजरायली राजदूतको नाममा लेखिएको छ । त्यहाँ एउटा झण्डा बेरिएको छ । पत्र प्रहरीको नियन्त्रणमा छ ।

दिल्ली प्रहरीले उक्त क्षेत्रमा कुनै पनि विस्फोटक पदार्थ भने नभेटिएको जनाएको छ । इजरायली दूतावासका प्रवक्ता गाय नीरले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार साँझ ५ः२० बजे दूतावास नजिकै ‘विस्फोट’ भएको बताएका थिए । उनले कर्मचारी पूर्ण रूपमा सुरक्षित रहेको पनि पुष्टि गरेका छन् ।

अक्टोबर ७ मा गाजाको आतंकवादी संगठन हमासले इजरायलमा प्रवेश गरी १२ सय मानिसको हत्या गरेको थियो ।

त्यसपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । हालसम्म इजरायलको आक्रमणबाट १६ हजार प्यालेस्टाइनी मारिएका छन् । सन् २०२१ मा इजरायली दूतावास बाहिर सामान्य विस्फोट भएको थियो । यसबाट तीनवटा गाडीमा क्षति पुगेको थियो ।

उक्त विस्फोटको अहिले पनि अनुसन्धान भइरहेको छ । विस्फोटपछि इजरायलले इरानमाथि षड्यन्त्र गरेको आरोप लगाएको थियो । घटनास्थलबाट एउटा चिठ्ठी बरामद भएको छ । यो इरानी कमाण्डर कासिम सुलेमानीको हत्याको बदला हो भनिएको थियो ।

Published Date: 27 December 2023


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड