क्यानले नयाँ क्रिकेट प्रशिक्षक केही दिनमा सार्वजनिक गर्ने

क्यानले नयाँ क्रिकेट प्रशिक्षक केही दिनमा सार्वजनिक गर्ने : Icon Khabar

काठमाडौं, माघ ५। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेकोमा प्रशिक्षकका लागि पाँच जनाले अन्तर्वार्ता दिएका छन्। प्रशिक्षकका लागि अन्तर्वार्ता दिनेहरुमा भारतीय मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक देभ ह्वाटमोर श्रीलङ्का तीव्र गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्डका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनल रहेको क्यानले जनाएको छ ।

अन्तर्वार्ता दिएका पाँच जनामध्येबाट अन्तिममा एक जनाको नाम केही दिनमा सार्वजनिक गरिने क्यानले जनाएको छ । क्यानमा उक्त पदको लागि २४ जनाको आवेदन परेकोमा पाँच जनाको सर्टलिस्ट गरी अन्तर्वार्ता लिएको हो ।

Published Date: 19 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न