यहि पुस १० गते ‘अक्सफोर्ड कल्चरल फूड फेस्टिभल २०८०’ आयोजना हुने

यहि पुस १० गते ‘अक्सफोर्ड कल्चरल फूड फेस्टिभल २०८०’ आयोजना हुने : Icon Khabar

भक्तपुर, पुस ६ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुल तथा कलेजको आयोजनामा ‘अक्सफोर्ड कल्चरल फूड फेस्टिभल: २०८०’ हुने भएको छ।

यहि पुस १० गते मंगलबार उधौली पर्व, धान्यपुर्णिमा तथा य:मरि पुन्हिको अवसरमा ‘एपीक्युरियन एक्त्राभ्यागन्जा ह्ववर एभ्री बाइट टेल्स अ टेल’ नारा लिएर फेस्टिभल आयोजना हुन् लागेको हो ।

अक्सफोर्डीयन क्लब र अक्सफोर्ड रेडक्रसको सहयोगमा हुने फेस्टिभलमा लाइभ म्युजिक, डान्स, कार्निभल गेम, बुक स्टल, आर्ट वोर्क सेल तथा फूड फेस्ट हुने छन्। त्यस्तै, फेस पेन्टिंग, मार्केट स्टल, हर्ब ईन्फो लगायत थुप्रै आकर्षक कार्यक्रम हुने जनाएको छ।

विद्यालय तथा कलेजका विद्यार्थीहरुको अतिरिक्त ज्ञान-सिप, क्षमता तथा कलालाई प्रवर्द्वन गर्नुका साथै सैदान्तिक ज्ञानलाई व्यवहारिक रुप दिनको लागि यो फेस्टिभल आयोजना गर्न लागिएको अक्सफोर्डका प्रिन्सिपल रवि दुवालले आइकन खबरलाई जानकारी दिए।

उनले सो कार्यक्रममा प्रवेश नि:शुल्क हुने पनि बताए।

Published Date: 22 December 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न