लिभरपुलद्वारा वेस्ट ह्याम पराजित, लिभरपुलको सेमिफाइनल यात्रा तय

लिभरपुलद्वारा वेस्ट ह्याम पराजित, लिभरपुलको सेमिफाइनल यात्रा तय : Icon Khabar

काठमाडौँ, पुस ५ । लिभरपुलले वेस्ट ह्यामलाई सजिलै ५–१ ले पराजित गर्दै बुधबार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । फाइनल प्रवेशका लागि लिभरपुलले अब फुलहमको सामना गर्नेछ ।

यस जितमा कर्टिस जोन्सले दुई गोल गरे भने डोमिनिक सोबोस्लाई, कोडी गाक्पो र मोहमद सलाहले एक-एक गोल गरे । वेस्ट ह्यामका लागि जरोड बोओनले एक गोल फर्काए ।

लिभरपुलले अबको सप्ताहन्त इंग्लिस प्रिमियर लिगमा आर्सनलको सामना गर्दैछ र यो खेल जितेर अंक तालिकाको शीर्षमा जाने अवसर हुनेछ । लिगकपको अर्को सेमिफाइनलमा भने चेल्सी र मिडल्सब्रो भिड्दै छन् ।

Published Date: 21 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास