जाजरकोट भूकम्प: ४ हजार भन्दा बढी प्रभावितले पाए पहिलो किस्ता

जाजरकोट भूकम्प: ४ हजार भन्दा बढी प्रभावितले पाए पहिलो किस्ता : Icon Khabar

रुकुम पश्चिम, पुस २ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएको भूकम्पबाट प्रभावित चार हजार २८२ व्यक्तिले अस्थायी आवास निर्माणका लागि सरकारी सहायताको पहिलो किस्ता प्राप्त गरेका छन् ।

भूकम्पपीडित सहायता लिनका लागि ९ हजारभन्दा बढीले योग्यता पाएका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ र बैंक खातामा जम्मा गरेको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय सरकारले विपद् प्रभावितलाई अस्थायी बासको व्यवस्था गर्न रु १७ करोड ५० लाख उपलब्ध गराएको थियो । अन्य प्रभावितको बैंक खाता सञ्चालनमा आएपछि रकम जम्मा गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 December 2023
Website | + posts