ऐश्वर्याले श्रीमान् अभिषेक बच्चनको घर छाडिन्, बस्न थालिन् माईतमा

ऐश्वर्याले श्रीमान् अभिषेक बच्चनको घर छाडिन्, बस्न थालिन् माईतमा : Icon Khabar

मुम्बई, पुस २ । पछिल्लो केहि दिनदेखि बलिउड सुपरस्टार अमिताभ बच्चनको परिवारबाट तनावका खबरहरु आइरहेका छन् । बच्चन परिवारका एक्लो छोरा अभिषेक बच्चन तथा बुहारी ऐश्वर्या राय बच्चनबीच खटपटको चर्चा लगातार चल्दै आइरहेको छ ।

यसैबीच, ऐश्वर्याले र अभिषेकबीच तनाव बढ्न थालेको बताइन्छ । सम्भवतः दुबैले अलग हुने निर्णय पनि लिन सक्छन् ।

पारिवारिक सुत्रका अनुसार ऐश्वर्या र अभिषेक अहिलेसम्म छोरी आराध्याका कारण संगै बस्थे । यद्यपि, अभिषेक र ऐश्वर्याको सम्बन्ध त वर्षौँ पहिला नै बिग्रन थालिसकेको थियो । तर अब दुबले ठूलो निर्णय लिने भएका छन् ।

यसैबीच ऐश्वर्याले श्रीमान् अभिषेक बच्चनको घर छाडेकी छिन् र उनी आफ्नो माइतमा आमासंग बस्न थालेकी छिन् । यद्यपि यसबारेमा अहिलेसम्म आधिकारिक भनाई भने आएको छैन ।

जहिलेदेखि अमिताभ बच्चनले आफ्नो मूल्यवान घर जलसा आफ्नी छोरी श्वेता बच्चनको नाममा पास गरिदिए, त्यहि समयदेखि अभिषेक र ऐश्वर्याबीचको तनाव तिव्रताका साथ सामाजिक सञ्जालमा आइरहेको छ । अहिले श्वेता जलसामा बस्न थालिसकेको बताइन्छ ।

Published Date: 18 December 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड