सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन

सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन : Icon Khabar

काठमाडौं, मंसिर २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ ।

वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् ।

नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या नयाँ भने होइन । यसअघि पनि पटक–पटक यस्ता समस्या भइरहेका छन् । यसबाट सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकार गम्भीर नभएको देखाउँछ ।

Published Date: 15 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास