सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन

सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन : Icon Khabar

काठमाडौं, मंसिर २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना विभागको वेबसाइट खुल्दै नखुल्ने भएको छ । वेबसाइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ लेखिएको देखिन्छ ।

वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ । वेबसाइट नखुल्नुको कारण खुलेको छैन । मन्त्रालयका प्रवक्ता र अन्य उच्च अधिकारीहरूले फोनसमेत रिसिभ गरेका छैनन् ।

नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या नयाँ भने होइन । यसअघि पनि पटक–पटक यस्ता समस्या भइरहेका छन् । यसबाट सूचना प्रविधि क्षेत्रको सुरक्षामा नेपाल सरकार गम्भीर नभएको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 December 2023
Website | + posts