इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको हमलाको विरोध नेमकिपाले गरेको छ: अध्यक्ष बिजुक्छेँ

इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको हमलाको विरोध नेमकिपाले गरेको छ: अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, मंसिर २८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सरकारले माफियाहरुसँग मिलेर शिक्षा र स्वास्थ्यमा ठूलो व्यापार गरिरहेको बताए।

भक्तपुरमा आज आयोजित एक समारोहमा सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यमा दलीय भागबण्डा बन्द गर्न जरुरी रहेको बताउँदै देशको शैक्षिक क्षेत्रमा संकटग्रस्त अवस्था निम्तिनुमा विदेशी विश्वविद्यालयहरुको ठूलो प्रभाव रहेको बताए।

इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको बर्बर हमलाको विरोधमा नेमकिपाले देशका विभिन्न जिल्ला र शहरहरुमा विरोध तथा सभाहरु गरिरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले अमेरिकी साम्राज्यवादको आडमा इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको हमलाको विरोधमा संसारका विभिन्न देशहरुमा पनि प्रदर्शनहरु भइरहेको बताए।

Published Date: 14 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास