अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल र छिरिङ फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल र छिरिङ फाइनलमा प्रवेश : Icon Khabar

काठमाडौँ, मंसिर २८ । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन् । यससंगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।

पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरे । पुरुष ५७ केजीमा छिरिङले सिङगापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

सेमिफाइनलमा प्रबलले सिङगापुरका ड्यानी चाउ यिजी तथा छिरिङले इन्डोनेसियाका फकिह अन्दरा नाशुटेशनलाई समान ५–० अंकको आधारमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कांस्यमा सीमित भए । नेपाली टोलीको प्रशिक्षकमा आइबा वान स्टार कोच सन्जिप श्रेष्ठ र ब्यवस्थापक स्मृति विश्वास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने