अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल र छिरिङ फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल र छिरिङ फाइनलमा प्रवेश : Icon Khabar

काठमाडौँ, मंसिर २८ । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा बिहीबार फाइनल प्रवेश गरेका छन् । यससंगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ ।

पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकको आधारमा पराजित गरी फाइनलमा प्रवेश गरे । पुरुष ५७ केजीमा छिरिङले सिङगापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेश्रो राउन्डमा आरएससीका आधारमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

सेमिफाइनलमा प्रबलले सिङगापुरका ड्यानी चाउ यिजी तथा छिरिङले इन्डोनेसियाका फकिह अन्दरा नाशुटेशनलाई समान ५–० अंकको आधारमा पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कांस्यमा सीमित भए । नेपाली टोलीको प्रशिक्षकमा आइबा वान स्टार कोच सन्जिप श्रेष्ठ र ब्यवस्थापक स्मृति विश्वास रहेका छन् ।

Published Date: 14 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास