पीएसजी र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

पीएसजी र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश : Icon Khabar

काठमाडौं, मंसिर २८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डसँग १-१ को बराबरी खेले पनि पीएसजी समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डर्टमण्ड यसअघि नै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको छ ।

डर्टमण्डको घरेलु मैदानमा करिम एडेयमीले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ५६औं मिनेटमा पीएसजीका लागि १७ वर्षीय वारेन जेइरे एमेरीले बराबरी गोल फर्काए ।

यसै समूहको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई पराजित गर्दै समान ८ अंक जोडेपनि मिलान गोल अन्तरमा पछि पर्‍यो । मिलान र न्युकासल समूह चरणबाटै बाहिरिए । ५ अंक जोडेर न्युकासल चौथो स्थानमा रह्यो ।

यसैगरी समूह एचमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५-३ ले हराउदै पोर्टो समूह उपविजेता बनेर नकआउट चरणमा पुगेको हो । पोर्टोले ६ खेलबा६ १२ अंक जोड्यो ।

यसअघि नै नकआउट चरणमा पुगिसकेको बार्सिलोना भने रोएल एन्तवर्पसँग अन्तिम खेलमा ३-२ ले पराजित भयो । यद्पयी १२ अंक नै जोडेको बार्सिलोना समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

पीएसजी र पोर्टोले अन्त्मि १६ मा स्थान बनाएपछि नकआउट चरण पुग्ने १६ वटै टोलीको टुङ्गो पनि लागेको छ । अब अन्तिम १६ चरणको ड्र यही १८ डिसेम्बरमा स्विट्जरल्याण्डको नियोनमा हुनेछ ।

Published Date: 14 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु