पीएसजी र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

पीएसजी र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश : Icon Khabar

काठमाडौं, मंसिर २८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डसँग १-१ को बराबरी खेले पनि पीएसजी समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डर्टमण्ड यसअघि नै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको छ ।

डर्टमण्डको घरेलु मैदानमा करिम एडेयमीले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ५६औं मिनेटमा पीएसजीका लागि १७ वर्षीय वारेन जेइरे एमेरीले बराबरी गोल फर्काए ।

यसै समूहको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई पराजित गर्दै समान ८ अंक जोडेपनि मिलान गोल अन्तरमा पछि पर्‍यो । मिलान र न्युकासल समूह चरणबाटै बाहिरिए । ५ अंक जोडेर न्युकासल चौथो स्थानमा रह्यो ।

यसैगरी समूह एचमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई ५-३ ले हराउदै पोर्टो समूह उपविजेता बनेर नकआउट चरणमा पुगेको हो । पोर्टोले ६ खेलबा६ १२ अंक जोड्यो ।

यसअघि नै नकआउट चरणमा पुगिसकेको बार्सिलोना भने रोएल एन्तवर्पसँग अन्तिम खेलमा ३-२ ले पराजित भयो । यद्पयी १२ अंक नै जोडेको बार्सिलोना समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

पीएसजी र पोर्टोले अन्त्मि १६ मा स्थान बनाएपछि नकआउट चरण पुग्ने १६ वटै टोलीको टुङ्गो पनि लागेको छ । अब अन्तिम १६ चरणको ड्र यही १८ डिसेम्बरमा स्विट्जरल्याण्डको नियोनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 December 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने