बुधबार नेप्से परिसूचक २.६० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २.६० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर २७ । बुधबार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ। कारोबार समयमा २००० विन्दुभन्दा माथि गएको नेप्से सूचक टिक्न नसक्दा अन्तिममा २००० विन्दु तल बन्द भएको छ।

आज कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर कारोबार भएको छ। मंगलबार ४ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम घटेको छ।

आज जीवन बीमा उपसमूहको सूचक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.३१ प्रतिशतले घटेको छ। यस्तै व्यापार र होटल उपसमूहको सूचक पनि नकारात्मक छन्। बुधबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.१५ प्रतिशतले बढेको छ।

बुधबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १४ करोड ६७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्टको १२ करोड ६६ लाख र अरुण काबेली हाइड्रोपावरको १२ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

Published Date: 13 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु