बुधबार नेप्से परिसूचक २.६० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २.६० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर २७ । बुधबार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ। कारोबार समयमा २००० विन्दुभन्दा माथि गएको नेप्से सूचक टिक्न नसक्दा अन्तिममा २००० विन्दु तल बन्द भएको छ।

आज कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर कारोबार भएको छ। मंगलबार ४ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम घटेको छ।

आज जीवन बीमा उपसमूहको सूचक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.३१ प्रतिशतले घटेको छ। यस्तै व्यापार र होटल उपसमूहको सूचक पनि नकारात्मक छन्। बुधबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.१५ प्रतिशतले बढेको छ।

बुधबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १४ करोड ६७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्टको १२ करोड ६६ लाख र अरुण काबेली हाइड्रोपावरको १२ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 December 2023
Website | + posts