बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घट्यो

बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर २७ । सुनको भाउ लगातार ४ दिन घटेको छ । यो ४ दिनमा सुनको भाउ २८ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार, सोमबार र मंगलबार सुनको भाउ क्रमशः प्रतितोला १३ सय, ५०० र ७०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन १ लाख १६ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 13 December 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर