आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २७ । आज २०८० मंसिर २७ गते बुधबार, तद्अनुसार १३ डिसेम्बर २०२३ । आज मंसिर शुक्ल प्रतिपदा, शूल किंस्तुघ्न ज्येष्ठा ।

आजको राशिफल

मेष: स्वादिष्ट व्यञ्जनहरुको लाभ मिल्नेछ । रचनात्मक कार्य सफल हुनेछ । धन प्राप्ति सुगमताका साथ हुनेछ ।

वृष: आम्दानीमा वृद्धि तथा उन्नति मनोनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ ।

मिथुन: आत्मसम्मान बनिरहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: आफ्नो काममा बढी ध्यान दिनु पर्ने आवश्यकता छ । स्वास्थ्य कमजोर रहने छ । लाभ हुनेछ ।

सिंह: व्यापारबाट सन्तुष्टि मिल्ने छ । साथीहरुको सहयोग तथा मार्गदर्शन पाइने छ । लाभको अवसर हात पर्नेछ ।

कन्या: यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ । कानूनी वाधा आउन सक्छ ।

तुला: फजूल खर्च हुनेछ । साथीहरुको सहयोग पाइने छ । बिना कारण मानिसहरुसंग मनमुटाव हुनसक्छ ।

वृश्चिक: ऐश्वर्यका साधनमा खर्च हुनेछ । धनार्जन सम्भव छ । हितैषीले सहयोग गर्नेछन् ।

धनु: सामाजिक कार्य सफल रहने छ । मान–सम्मान पाइने छ । लाभको अवसर हात पर्नेछ ।

मकर: आम्दानीमा वृद्धि हुनेछ । आरोग्यता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगबाट कार्यको वाधा हटेर लाभको स्थिति बन्ने छ ।

कुम्भ: चौतर्फी सफलता प्राप्त हुनेछ । परिवारमा सुख–शान्ति कायम रहने छ । यात्रा मनोनुकूल मनोरञ्जक तथा लाभप्रद रहने छ ।

मीन: कुनै प्रवुद्ध व्यक्तिको सहयोग प्राप्त हुने योग छ । लाभको ढोका खुल्ने छ । धन प्राप्ति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 December 2023
Website | + posts