साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो : Icon Khabar

काठमाडौँ, माघ ४ । अघिल्लो कारोबार दिन करिब ३३ अंक बढेको नेप्से, बुधबार ९ अंक घटेर २१७३.१० विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

आज कारोबारमा आएको मध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ७.८९ प्रतिशत घटेको छ। त्यस्तै, सिंगटी हाइड्रो र मिथिला लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जलविद्युत, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.०९ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो