साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो : Icon Khabar

काठमाडौँ, माघ ४ । अघिल्लो कारोबार दिन करिब ३३ अंक बढेको नेप्से, बुधबार ९ अंक घटेर २१७३.१० विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

आज कारोबारमा आएको मध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ७.८९ प्रतिशत घटेको छ। त्यस्तै, सिंगटी हाइड्रो र मिथिला लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जलविद्युत, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.०९ प्रतिशत घटेको छ।

Published Date: 18 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय