अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा ५ जना पक्राउ

अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा ५ जना पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर १७ । अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्‍न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वर लगायत ठाउँबाट अनलाइन मार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्‍ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्‍ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्‍ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाडौंको बालाजु-१६ बस्‍ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर-१६ बस्‍ने अमृत रोक्का रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

Published Date: 03 December 2023






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न