अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा ५ जना पक्राउ

अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा ५ जना पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर १७ । अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्‍न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वर लगायत ठाउँबाट अनलाइन मार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्‍ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्‍ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्‍ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाडौंको बालाजु-१६ बस्‍ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर-१६ बस्‍ने अमृत रोक्का रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण