शनिबार रातिदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड सुचारु

शनिबार रातिदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड सुचारु : Icon Khabar

काठमाडौँ, मंसिर १७ । एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि अवरुद्ध कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको छ । साँगुरीगढी गाउँपालिका–६, कोलबोटेमा एकै स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नंबरको गाडी समेत दुर्घटनामा परेको थियो । विपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००१ क १५२१ नंबरको टिपरले साँझ सवा ७ बजे ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने