शनिबार रातिदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड सुचारु

शनिबार रातिदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड सुचारु : Icon Khabar

काठमाडौँ, मंसिर १७ । एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि अवरुद्ध कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको छ । साँगुरीगढी गाउँपालिका–६, कोलबोटेमा एकै स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नंबरको गाडी समेत दुर्घटनामा परेको थियो । विपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००१ क १५२१ नंबरको टिपरले साँझ सवा ७ बजे ठक्कर दिएको थियो ।

Published Date: 03 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग