अब सुन एक तोला किन्न १ लाख २० हजार ८०० रुपैयाँ खर्चिनुपर्ने

अब सुन एक तोला किन्न १ लाख २० हजार ८०० रुपैयाँ खर्चिनुपर्ने : Icon Khabar

काठमाडौं, मंसिर १७ । सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंसिर १३ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १५ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय ४० रुपैयाँ कायम रहेको थियो ।

रुस–युक्रेन तथा इजरायल–हमासबीचको द्वन्दको प्रभावका कारण विश्वभरका लगानीकर्ताहरु सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तराष्ट्रिय बजारमै सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुले बताएका छन् ।

Published Date: 03 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग