अब सुन एक तोला किन्न १ लाख २० हजार ८०० रुपैयाँ खर्चिनुपर्ने

अब सुन एक तोला किन्न १ लाख २० हजार ८०० रुपैयाँ खर्चिनुपर्ने : Icon Khabar

काठमाडौं, मंसिर १७ । सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंसिर १३ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १५ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय ४० रुपैयाँ कायम रहेको थियो ।

रुस–युक्रेन तथा इजरायल–हमासबीचको द्वन्दको प्रभावका कारण विश्वभरका लगानीकर्ताहरु सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तराष्ट्रिय बजारमै सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने