श्री बाराही विकास पीठ समितिको नवौं वार्षिक साधारणसभा तथा चौधौं अधिवेशन सम्पन्न

श्री बाराही विकास पीठ समितिको नवौं वार्षिक साधारणसभा तथा चौधौं अधिवेशन सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर १५ । श्री बाराही विकास पीठ समितिको नवौं वार्षिक साधारणसभा तथा चौधौं अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। कार्यक्रमा मा प्रमुख आतिथ्यता गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धर्म र संस्कृति आस्था र विश्वाससँग सम्बन्धित विषय भएको बताउँदै भक्तपुरका महत्वपूर्ण सम्पदाहरुमध्ये बाराही पीठ पनि एक भएको बताए।

प्रजापतिले भक्तपुर धार्मिक पर्यटनको यथेष्ट सम्भावना बोकेको सहर भएको बताउँदै यहाँका सम्पदाहरुको संरक्षणको जिम्मा सबैको साझा कर्तव्य भएको बताए।

बाराही पीठ समितिले पारदर्शी र जनताप्रति उत्तरदायी भएर काम गरे जनताको उक्त संस्थाप्रति आस्था र विश्वास पनि बढ्ने बताउँदै उनले बाराही परिसर सुधार र सरसफाइ जस्ता गतिविधिमा स्थानीय जनताको सक्रियता सहभागिता हुनु जरुरी रहेको बताए।

भक्तपुर नपाले अरनिको सभाभवन निर्माणको प्रक्रियालाई अगाडि बढाइरहेको अवगत गराउँदै नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको सकारात्मक कदमबाट सम्पूर्ण जनता लाभान्वित भएको बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले समितिको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै धर्म परिवर्तनको नाममा देशमा सांस्कृतिक अतिक्रमणको खतरा बढिरहेको बताए।

त्यस्तै वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले बाराही पीठ विकास समितिबाट विगतका वर्षदेखि नै भक्तजनहरुलाई सुविधाको लागि भौतिक पूर्वाधारहरु निर्माण गरी सुविधाहरु दिँदै आएको बताउँदै भजनको माध्यमबाट समाजमा ब्याप्त अन्याय र दमनका विषय पनि उजागर गर्नुपर्ने बताए।

कार्यक्रममा समितिका सचिव विक्रम देउबन्जारले आ.व. २०७५।७६ देखि २०७९।८० सम्मको कार्यबाहक अध्यक्ष र सचिवको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अनन्तप्रसाद धौभडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा समितिका सहकोषाध्यक्ष सुनिता अवालले स्वागत मन्तव्य राखेकी थिईन्। बाराही पीठ विकास समितिको आठौँ अधिवेशनले समितिका अनन्तप्रसाद धौभडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतिबाट गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 December 2023
Website | + posts