भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरू

भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरू : Icon Khabar

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।

आजबाट सुरु भएको मेला मंसिर १८ गतेसम्म चल्नेछ । मेलामा चीन, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मंचद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन रहेको छ ।

महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेशबाट आठ र पाकिस्तानबाट आठ गरी २१० वटा स्टलमा स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत र सभामुखले मेलाको अवलोकन गरेका छन्।

Published Date: 30 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग