भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरू

भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरू : Icon Khabar

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।

आजबाट सुरु भएको मेला मंसिर १८ गतेसम्म चल्नेछ । मेलामा चीन, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मंचद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन रहेको छ ।

महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेशबाट आठ र पाकिस्तानबाट आठ गरी २१० वटा स्टलमा स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत र सभामुखले मेलाको अवलोकन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न