बिहीबार नेप्से परिसूचक २०.२२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक २०.२२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर १४ । बिहीबार नेप्से परिसूचक २०.२२ अंक घटेर १८५६.३८ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २३ करोडको शेयर कारोबार भएको बजारमा आज २८९ स्टकको ३७ हजार ३१ पटकको कारोबारमा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ। त्यसैगरी, आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशत घटेको छ। त्यसैगरी, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 November 2023
Website | + posts