सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर बिहीबार स्थिर

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर बिहीबार स्थिर : Icon Khabar

काठमाडौं, मंसिर १४ । बिहीबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको आजको कारोबार मूल्य हालसम्मै उच्च विन्दुमा स्थिर छ । बुधबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको थियो ।

बिहीबार सोही मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदीको मूल्य १५ सय २० रुपैयाँ तोकिएको छ ।

उच्च मूल्यका कारण बजारमा सुन र चाँदीको कारोबारमा मन्दी देखिएको महासंघले जनाएको छ ।

Published Date: 30 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु