हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज

बाकि रकम नतिरे कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरणको चेतावनी

हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज : Icon Khabar

काठमाडौँ, मंसिर १४ । नेपाल दूरसञ्चार प्राधिकरणले गोरखाको हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको छ।

हिमालयन गोरखाले आफ्नो अनुमतिपत्र नवीकरण नचाहेको भन्दै प्राधिकरणले २०७९ माघ १२ गतदेखि स्वत: खारेज भएको जनाएको छ।

बिहीबार सूचना निकाल्दै प्राधिकरणले उक्त कम्पनीले नियमानुसार तिर्न बाँकी रकमको विषयमा आगामी ३० दिन भित्र सम्पर्क गर्न समेत सचेत गराएको छ। अन्यथा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणले दिएको छ।

Published Date: 30 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु