हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज

बाकि रकम नतिरे कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरणको चेतावनी

हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज : Icon Khabar

काठमाडौँ, मंसिर १४ । नेपाल दूरसञ्चार प्राधिकरणले गोरखाको हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको छ।

हिमालयन गोरखाले आफ्नो अनुमतिपत्र नवीकरण नचाहेको भन्दै प्राधिकरणले २०७९ माघ १२ गतदेखि स्वत: खारेज भएको जनाएको छ।

बिहीबार सूचना निकाल्दै प्राधिकरणले उक्त कम्पनीले नियमानुसार तिर्न बाँकी रकमको विषयमा आगामी ३० दिन भित्र सम्पर्क गर्न समेत सचेत गराएको छ। अन्यथा कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 November 2023
Website | + posts