किन आकाशिंदै छ सुनको भाउ ? बुधबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो

किन आकाशिंदै छ सुनको भाउ ? बुधबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, मंसिर १३ । नेपाली बजारमा सुनको मूल्यले लगातार तेस्रो दिन ऐतिहासिक रेकर्ड बनाएको छ ।

तिन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज (बुधबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार (मंसिर १२ गते) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।

Published Date: 29 November 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग