किन आकाशिंदै छ सुनको भाउ ? बुधबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो

किन आकाशिंदै छ सुनको भाउ ? बुधबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौं, मंसिर १३ । नेपाली बजारमा सुनको मूल्यले लगातार तेस्रो दिन ऐतिहासिक रेकर्ड बनाएको छ ।

तिन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज (बुधबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार (मंसिर १२ गते) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने