डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडियो

डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडियो : Icon Khabar

काठमाडौं, माघ ३। डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता गरेको हो।

सम्झौता पत्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सहकार्य सम्झौतामा हस्ताक्षर गरे। सम्झौता भएसँगै करिब ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे विधिवत रुपमा सोमवारदेखि फोन पे को नेटवर्कमा जोडिएको छ । सम्झौता भएसँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पे लाई फोन पे को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताए। उनले अब माइ पे का प्रयोगकर्ताले पनि क्युआरमार्फत भुक्तानी गर्न पाउने बताए । उनले माइ पेसँगको सहकार्यले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, माइ पे का प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पे को नेटवर्कमा जोडिएको बताए । उनले फोन पेसँगको सहकार्यले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे। उनले माइ पेले डिजिटल कारोबारलाई कसरी व्यवस्थित बनाउने भन्ने काम गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने