डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडियो

डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडियो : Icon Khabar

काठमाडौं, माघ ३। डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता गरेको हो।

सम्झौता पत्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सहकार्य सम्झौतामा हस्ताक्षर गरे। सम्झौता भएसँगै करिब ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे विधिवत रुपमा सोमवारदेखि फोन पे को नेटवर्कमा जोडिएको छ । सम्झौता भएसँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पे लाई फोन पे को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताए। उनले अब माइ पे का प्रयोगकर्ताले पनि क्युआरमार्फत भुक्तानी गर्न पाउने बताए । उनले माइ पेसँगको सहकार्यले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, माइ पे का प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पे को नेटवर्कमा जोडिएको बताए । उनले फोन पेसँगको सहकार्यले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे। उनले माइ पेले डिजिटल कारोबारलाई कसरी व्यवस्थित बनाउने भन्ने काम गरिरहेको बताए।

Published Date: 17 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय