यलम्बर कप ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडी फाईनलमा

यलम्बर कप ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडी फाईनलमा : Icon Khabar

काठमाण्डौँ, माघ ३। तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडी उपाधी नजिक पुगेका छन् । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । यस्तै अर्को सेमिफाईनलमा नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीले संघर्षपूर्ण खेलमा किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी चितवनका बिद्वान गुरुङ्ग र किरण लामाको जोडीलाई २०–२२, २१–११, २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे । कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यू बि.एस.का नारायण गौतमको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् । बालकुमारी रिमिक्स क्लबका भुवन श्रेष्ठ र दिपन महर्जनले एपिएफका ईन्द्र महता र धिरेन चन्द को जोडीलाई २१–१२, २१–१३ ले तथा पुलिसका बिष्णु कटुवाल र शम्भु कुमार श्रेष्ठको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीलाई २१–६, २१–१६ ले पराजित गर्दै सेमिफाईनमा भेट पक्का गरेका हुन् ।

यु–१९ तर्फको खेलमा एपिएफका क्षितीज खनालले आर्मीका सन्तोष पनेरुलाई २१–१७, २१–१५ ले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गरेका छन् । सेनाका डेभिड थापा मगर र अनिल मल्ल विच भएको प्रतिस्पर्धामा डेभिडले जित हात पारे । डेभिडले २१–८, २१–१२ को जित निकालेका हुन् । यस्तै सेनाकै हिमाल चन्द र कविर केसी विचको खेलमा हिमाल चन्दले जित हात पारे । चन्दले २२–२४, २१–१७, २१–१५ को सेटमा जित निकालेका हुन् । सेनाका नरेन्द्र बम र रोशन चन्दविच भएको खेलमा नरेन्द्र बमले २१–१९, २१–१७ को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेका छन् ।प्रतियोगिताको सेमिफाईनल विहान ८ः३० बजे बाट हुने प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 January 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू