यलम्बर कप ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडी फाईनलमा

यलम्बर कप ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडी फाईनलमा : Icon Khabar

काठमाण्डौँ, माघ ३। तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडी उपाधी नजिक पुगेका छन् । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । यस्तै अर्को सेमिफाईनलमा नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीले संघर्षपूर्ण खेलमा किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी चितवनका बिद्वान गुरुङ्ग र किरण लामाको जोडीलाई २०–२२, २१–११, २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे । कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यू बि.एस.का नारायण गौतमको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् । बालकुमारी रिमिक्स क्लबका भुवन श्रेष्ठ र दिपन महर्जनले एपिएफका ईन्द्र महता र धिरेन चन्द को जोडीलाई २१–१२, २१–१३ ले तथा पुलिसका बिष्णु कटुवाल र शम्भु कुमार श्रेष्ठको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीलाई २१–६, २१–१६ ले पराजित गर्दै सेमिफाईनमा भेट पक्का गरेका हुन् ।

यु–१९ तर्फको खेलमा एपिएफका क्षितीज खनालले आर्मीका सन्तोष पनेरुलाई २१–१७, २१–१५ ले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गरेका छन् । सेनाका डेभिड थापा मगर र अनिल मल्ल विच भएको प्रतिस्पर्धामा डेभिडले जित हात पारे । डेभिडले २१–८, २१–१२ को जित निकालेका हुन् । यस्तै सेनाकै हिमाल चन्द र कविर केसी विचको खेलमा हिमाल चन्दले जित हात पारे । चन्दले २२–२४, २१–१७, २१–१५ को सेटमा जित निकालेका हुन् । सेनाका नरेन्द्र बम र रोशन चन्दविच भएको खेलमा नरेन्द्र बमले २१–१९, २१–१७ को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेका छन् ।प्रतियोगिताको सेमिफाईनल विहान ८ः३० बजे बाट हुने प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले बताए ।

Published Date: 17 January 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय