भक्तपुरमा स्टुडेन्टस् बुक फेयरको तयारी पुरा

पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्ने बुक फेयरको लक्ष्य

भक्तपुरमा स्टुडेन्टस् बुक फेयरको तयारी पुरा : Icon Khabar

भक्तपुर,माघ ३।भक्तपुरको महेश्वरी बैंक्वेटमा हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको छ । बुक क्लब भक्तपुरको आयोजनामा संचालन हुने माघ ५ देखि ७ सम्म पुस्तक मेला तयारी पुरा भएको आयोजकले जनाएको छ । मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्ने लक्ष्य सहित आयोजना हुन लागेको बुक फेयरमा सो उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहने छ ।

पुस्तक मेलाको उद्घाटन कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबीच पठन संस्कृतिको प्रबद्र्धनबारे प्रवचनका साथै युवाहरु बीच पुस्तक बार्ता कार्यक्रम हुने जानकारी दिएको छ। त्यस्तै माघ ६ गते कविता तथा कथा वाचन हुनेछ भने माघ ७ गते पोषण विज्ञ डा. अरुणा उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिने बताइएको छ । सो क्रममा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, साहित्य वाचन तथा सांगीतिक कार्यक्रम हुनेछ ।

त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार , चलचित्र प्रदर्शनी, मृतिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला लगायत विभिन्न कार्यक्रम रहने आयोजकले जनाएको छ । माघ ५ देखि ७ सम्म पुस्तक मेलामा प्रवेश निःशुल्क हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0
Published Date: 17 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने