भक्तपुरमा स्टुडेन्टस् बुक फेयरको तयारी पुरा

पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्ने बुक फेयरको लक्ष्य

भक्तपुरमा स्टुडेन्टस् बुक फेयरको तयारी पुरा : Icon Khabar

भक्तपुर,माघ ३।भक्तपुरको महेश्वरी बैंक्वेटमा हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको छ । बुक क्लब भक्तपुरको आयोजनामा संचालन हुने माघ ५ देखि ७ सम्म पुस्तक मेला तयारी पुरा भएको आयोजकले जनाएको छ । मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्ने लक्ष्य सहित आयोजना हुन लागेको बुक फेयरमा सो उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहने छ ।

पुस्तक मेलाको उद्घाटन कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबीच पठन संस्कृतिको प्रबद्र्धनबारे प्रवचनका साथै युवाहरु बीच पुस्तक बार्ता कार्यक्रम हुने जानकारी दिएको छ। त्यस्तै माघ ६ गते कविता तथा कथा वाचन हुनेछ भने माघ ७ गते पोषण विज्ञ डा. अरुणा उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिने बताइएको छ । सो क्रममा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, साहित्य वाचन तथा सांगीतिक कार्यक्रम हुनेछ ।

त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार , चलचित्र प्रदर्शनी, मृतिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला लगायत विभिन्न कार्यक्रम रहने आयोजकले जनाएको छ । माघ ५ देखि ७ सम्म पुस्तक मेलामा प्रवेश निःशुल्क हुनेछ ।

Published Date: 17 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड