चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघ्यो

चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघ्यो : Icon Khabar

काठमाडौं, मंसिर १२ । चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन महिनामा सात वटा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब ४८ करोड रहेको छ । त्यसै गरी स्रोत परिचालन रु.३६ अर्ब ७३ करोड रहेको छ ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.२५ अर्ब ८१ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १० अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसै गरी चालु आर्थिक बर्षको तीन महिनामा सरकारको कुल खर्च रु.२८० अर्ब ५७ करोड भएको छ ।सरकारीखर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा विकास खर्च भन्दा वित्तिय ब्यवस्था परिचालमा दोवर बढी भएको छ । यो सरकारले लिएको ऋण तथा सावा व्याज भुक्तानीमा लाग्ने खर्च हो ।

चालु खर्च रु.२१३ अर्ब ३९ करोड, पुँजीगत खर्च रु.१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु.४९ अर्ब ३५ करोड समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु.२१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु.१९ अर्ब ६५ करोड परिचालन भएको छ ।

Published Date: 28 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु