चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघ्यो

चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघ्यो : Icon Khabar

काठमाडौं, मंसिर १२ । चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन महिनामा सात वटा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब ४८ करोड रहेको छ । त्यसै गरी स्रोत परिचालन रु.३६ अर्ब ७३ करोड रहेको छ ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.२५ अर्ब ८१ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १० अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसै गरी चालु आर्थिक बर्षको तीन महिनामा सरकारको कुल खर्च रु.२८० अर्ब ५७ करोड भएको छ ।सरकारीखर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा विकास खर्च भन्दा वित्तिय ब्यवस्था परिचालमा दोवर बढी भएको छ । यो सरकारले लिएको ऋण तथा सावा व्याज भुक्तानीमा लाग्ने खर्च हो ।

चालु खर्च रु.२१३ अर्ब ३९ करोड, पुँजीगत खर्च रु.१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु.४९ अर्ब ३५ करोड समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु.२१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु.१९ अर्ब ६५ करोड परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 November 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट