मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेशको अवसरमा सुविधासम्पन्न रिसोर्ट खोलिंदै

केबुलकारको एनालग प्रविधिलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिंदै

मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेशको अवसरमा सुविधासम्पन्न रिसोर्ट खोलिंदै : Icon Khabar

काठमाडौँ, मंसिर १० । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले विभिन्न प्राविधिक पक्षको स्तोन्नति गरिरहेको जनाएको छ ।

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको लगानीमा सुरु भएको नेपालको पहिलो मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेश गरिसकेको छ ।

केबुलकार सञ्चालक कम्पनीले मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता दिन विभिन्न प्राविधिक पक्षमा सुधार गर्दै उच्चस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । २०५५ मङ्सिर ८ देखि सो केबुलकारको व्यावसायिक सेवा सुरु भएको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले २५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको जानकारी दिए।

अस्ट्रियाको डोपलमेयर कम्पनीको डी कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको र बाँकी काम आगामी भदौ/असोजमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ । सोका लागि आवश्यक केही उपकरण आयात भइसकेको कम्पनीले जनाएको छ ।

अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लट्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपियाँ लगानी हुने बताइएको छ ।

अबको एक वर्षमा मनकामनामा केबुलकार हाताभित्र सुविधासम्पन्न रिसोर्ट पनि तयार भइसक्ने श्रेष्ठले जानकारी दिए । स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने ४० कोठाको रिसोर्ट कम्पनीकै भगिनी संस्था रिसोर्ट बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्चालन हुने उनले बताए ।

करिब ५५ करोड रुपियाँ लगानीमा रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यलाई पनि विकसित बनाउने लक्ष्य रहने कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

मनकामना केबुलकारले सुरुवाती वर्षमा दुई/तीन लाख यात्रुलाई सेवा दिएकामा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य रहेको जनाइएको छ ।

Published Date: 26 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु