आजबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै , थपियो थप ११ वटा बस

आजबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै , थपियो थप ११ वटा बस : Icon Khabar

काठमाडौँ, मंसिर १० । आज आइतबारबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै छ ।

त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपेर ३६ वटा पुर्याइएको छ ।

यी बस अब बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछ भने दिउँसो ३:३० देखि ५:३० सम्म रत्नपार्कदेखि बस छुट्नेछ ।

गत असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 November 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने