धुलिखेलमा पाँच दिने आवसीय अनलाइन पत्रकारीता तालिम सम्पन्न

धुलिखेलमा पाँच दिने आवसीय अनलाइन पत्रकारीता तालिम सम्पन्न : Icon Khabar

-रामेश्वर मचामसी

धुलिखेल, मंसिर ९ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार तथा रजिष्ट्रारको कार्यालय हेटौंडा मकवानपुरको आयोजनामा भएको पाँच दिने आवसीय अनलाइन पत्रकारीता तालिम शनिबार सम्पन्न भयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि सञ्चार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रेवती प्रसाद सापकोटाले तालिमबाट नयाँ कुरा सिकेको विश्वास व्यक्त गर्दै तालिमबाट जति पनि कुराहरू सिकेको हो त्यसलाई आफ्नो क्षेत्रमा इमानदारिताका साथ प्रयोग गर्नुपर्ने बताए।

उनले तालिमबाट बाहिर गइसकेपछि पनि बढीभन्दा बढी कुराहरू सिक्नुपर्ने र तालिममा सहभागीहरूले सिकेर उपयोग गरिरहेको सिपको अनुगमन नियमित रूपमा सञ्चार रजिष्ट्रार कार्यालयबाट गरिरहने पनि बताए।

पत्रकारिता सिमित क्षेत्रको लागि मात्र नभएर विशाल क्षेत्रको लागि भएको हुँदा पत्रकारले स्थानीय मात्र होइन आफ्नो प्रभावलाई विशाल बनाउनुपर्ने सुझाव रजिष्ट्रार सापकोटाले दिए।

मंसिर ५ गतेदेखि धुलिखेलमा भएको तालिममा बागमती प्रदेशमा क्रियाशील ४ महिला र १९ पुरूष गरी जम्मा २३ पत्रकारहरूको सहभागिता रहेको तालिममा प्रशिक्षकद्वय प्रवेश सुवेदी र विनोद ढुङ्गेलले प्रशिक्षण दिएका थिए।

Published Date: 25 November 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी