धुलिखेलमा पाँच दिने आवसीय अनलाइन पत्रकारीता तालिम सम्पन्न

धुलिखेलमा पाँच दिने आवसीय अनलाइन पत्रकारीता तालिम सम्पन्न : Icon Khabar

-रामेश्वर मचामसी

धुलिखेल, मंसिर ९ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार तथा रजिष्ट्रारको कार्यालय हेटौंडा मकवानपुरको आयोजनामा भएको पाँच दिने आवसीय अनलाइन पत्रकारीता तालिम शनिबार सम्पन्न भयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि सञ्चार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रेवती प्रसाद सापकोटाले तालिमबाट नयाँ कुरा सिकेको विश्वास व्यक्त गर्दै तालिमबाट जति पनि कुराहरू सिकेको हो त्यसलाई आफ्नो क्षेत्रमा इमानदारिताका साथ प्रयोग गर्नुपर्ने बताए।

उनले तालिमबाट बाहिर गइसकेपछि पनि बढीभन्दा बढी कुराहरू सिक्नुपर्ने र तालिममा सहभागीहरूले सिकेर उपयोग गरिरहेको सिपको अनुगमन नियमित रूपमा सञ्चार रजिष्ट्रार कार्यालयबाट गरिरहने पनि बताए।

पत्रकारिता सिमित क्षेत्रको लागि मात्र नभएर विशाल क्षेत्रको लागि भएको हुँदा पत्रकारले स्थानीय मात्र होइन आफ्नो प्रभावलाई विशाल बनाउनुपर्ने सुझाव रजिष्ट्रार सापकोटाले दिए।

मंसिर ५ गतेदेखि धुलिखेलमा भएको तालिममा बागमती प्रदेशमा क्रियाशील ४ महिला र १९ पुरूष गरी जम्मा २३ पत्रकारहरूको सहभागिता रहेको तालिममा प्रशिक्षकद्वय प्रवेश सुवेदी र विनोद ढुङ्गेलले प्रशिक्षण दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 November 2023
Website | + posts


ताजा
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान
स्वस्थ जीवनशैलीका लागि सन्तुलित भोजन र नियमित व्यायाम आवश्यक
तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू