पोखरासॅग चितवन स्तब्ध

पोखरासॅग चितवन स्तब्ध : Icon Khabar

काठमाडौँ, मंसिर ९ । नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवन माथि १-० को जित निकालेको हो ।

पोखराका लागि विदेशी खेलाडी मोसेस ट्वमले खेलको एकमात्र गोल गरे । खेलमा दुवै टोलीले अवसर भने सिर्जना गरेका थिए । आठौं मिनेटमा चितवनका टोरिक जेब्रिनको पासमा रफिक अमिनुले उत्कृष्ट अवसर प्राप्त गरेतापनि उनले बलमा चाहेजस्तो सम्पर्क गर्न सकेनन् ।

नवौं मिनेटमा पोखराका आयुष घलानको क्रसमा स्टेफन कोजोको हेडरले पोस्टको दिशा लिन सकेन । १४औं मिनेटमा आयुषको लामो दुरीको प्रहारले चाहेजस्तो सम्पर्क लिन सकेन ।

१६औं मिनेटमा आयुषको अर्को प्रहार पोस्टको केही टाढाबाट मात्र बाहिरियो । २८औं मिनेटमा विमल घर्ती मगरको क्रसमा रफिक अमीनुले हेडर जित्न सकेनन् । त्यसको अर्को तर्फ पोखराका मोसेसको प्रहार चितवन गोलरक्षक विशाल श्रेष्ठले सहजै समाते ।

३१औं मिनेटमा मोसेसको प्रहार पुनः विशालले लाइन बाहिर आएर राम्रो बचाउ गरे । ४३औं मिनेटमा आयुषकै राम्रो क्रस चितवनले क्लियर गर्न सफल भयो ।

५०औं मिनेटमा आयुषको प्रहार चितवन डिफेन्डर युसुफ मुबारकले ब्लक गरे । ५८औं मिनेटमा अफ्रिए अक्वाहको क्रसमा रफिक अमिनुको हेडरले पोस्टको दिशा लिन सकेन । ६०औं मिनेटमा पोखराका आईकोनिक खेलाडी दिनेश राजवंशीले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए ।

६२औं मिनेटमा पदम भट्टराईको क्रसमा मोसेसको प्रहार पोस्टको माथि बाट बाहिरियो । ६७औं मिनेटमा आयुष घलानको क्रसमा मोससको हेडर विशालले बचाए ।

७२औं मिनेटमा भने पोखराले अग्रता लियो । स्टेफन अन्नोरको क्रसमा मोसेसले नै गोल गर्दै खेलमा पोखरालाई अग्रता दिलाए ।

७८औं मिनेटमा पोखरा अग्रता दोब्बर बनाउन बाट चुक्यो । जो आइडूको लामो दूरी बाट गरेको प्रहार विशालले उत्कृष्ट बचाउ गर्दै पोस्टको माथि फालिदिए ।

९०औं मिनेटमा चितवनलाई बराबरी गर्ने उत्कृष्ट मौका रहेको थियो । टोरिकको क्रसमा मार्को इभानोभीचको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।

आज दिनको दोस्रो खेलमा साँझ ५:३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 November 2023
Website | + posts


ताजा
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान
स्वस्थ जीवनशैलीका लागि सन्तुलित भोजन र नियमित व्यायाम आवश्यक
तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू