पोखरासॅग चितवन स्तब्ध

पोखरासॅग चितवन स्तब्ध : Icon Khabar

काठमाडौँ, मंसिर ९ । नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवन माथि १-० को जित निकालेको हो ।

पोखराका लागि विदेशी खेलाडी मोसेस ट्वमले खेलको एकमात्र गोल गरे । खेलमा दुवै टोलीले अवसर भने सिर्जना गरेका थिए । आठौं मिनेटमा चितवनका टोरिक जेब्रिनको पासमा रफिक अमिनुले उत्कृष्ट अवसर प्राप्त गरेतापनि उनले बलमा चाहेजस्तो सम्पर्क गर्न सकेनन् ।

नवौं मिनेटमा पोखराका आयुष घलानको क्रसमा स्टेफन कोजोको हेडरले पोस्टको दिशा लिन सकेन । १४औं मिनेटमा आयुषको लामो दुरीको प्रहारले चाहेजस्तो सम्पर्क लिन सकेन ।

१६औं मिनेटमा आयुषको अर्को प्रहार पोस्टको केही टाढाबाट मात्र बाहिरियो । २८औं मिनेटमा विमल घर्ती मगरको क्रसमा रफिक अमीनुले हेडर जित्न सकेनन् । त्यसको अर्को तर्फ पोखराका मोसेसको प्रहार चितवन गोलरक्षक विशाल श्रेष्ठले सहजै समाते ।

३१औं मिनेटमा मोसेसको प्रहार पुनः विशालले लाइन बाहिर आएर राम्रो बचाउ गरे । ४३औं मिनेटमा आयुषकै राम्रो क्रस चितवनले क्लियर गर्न सफल भयो ।

५०औं मिनेटमा आयुषको प्रहार चितवन डिफेन्डर युसुफ मुबारकले ब्लक गरे । ५८औं मिनेटमा अफ्रिए अक्वाहको क्रसमा रफिक अमिनुको हेडरले पोस्टको दिशा लिन सकेन । ६०औं मिनेटमा पोखराका आईकोनिक खेलाडी दिनेश राजवंशीले बललाई जालीमा हालेका थिए तर उनलाई असिस्टेन्ट रेफ्रीले अफसाइड दिए ।

६२औं मिनेटमा पदम भट्टराईको क्रसमा मोसेसको प्रहार पोस्टको माथि बाट बाहिरियो । ६७औं मिनेटमा आयुष घलानको क्रसमा मोससको हेडर विशालले बचाए ।

७२औं मिनेटमा भने पोखराले अग्रता लियो । स्टेफन अन्नोरको क्रसमा मोसेसले नै गोल गर्दै खेलमा पोखरालाई अग्रता दिलाए ।

७८औं मिनेटमा पोखरा अग्रता दोब्बर बनाउन बाट चुक्यो । जो आइडूको लामो दूरी बाट गरेको प्रहार विशालले उत्कृष्ट बचाउ गर्दै पोस्टको माथि फालिदिए ।

९०औं मिनेटमा चितवनलाई बराबरी गर्ने उत्कृष्ट मौका रहेको थियो । टोरिकको क्रसमा मार्को इभानोभीचको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो ।

आज दिनको दोस्रो खेलमा साँझ ५:३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

Published Date: 25 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु