काठमाडौँको बल्खुमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने ५ जना पक्राउ

काठमाडौँको बल्खुमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने ५ जना पक्राउ : Icon Khabar

काठमाडौँ, मंसिर ८ । बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही तथा आवास खड्का रहेका जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनका अनुसार बिहीवार दुर्गा प्रसाईं नेतृत्वको समूहले बल्खुमा गरेको आन्दोलनमा अराजक गतिविधि गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेका कारण पक्राउ गरिएको हो। उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट आज (शुक्रवार) नियन्त्रणमा लिइएको थियो।

Published Date: 24 November 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी