तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध, सुरक्षाकर्मीको उपस्थिति बाक्लो

तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध, सुरक्षाकर्मीको उपस्थिति बाक्लो : Icon Khabar

काठमाडौं, मंसिर ७ । काठमाडौँको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा संघको र्‍याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्‍यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो ।

कलङ्की हुँदै रत्नपार्क, ललितपुर हुँदै रत्नपार्क चल्ने सवारीसाधन भने विना अवरोध सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । अन्य भित्री सडकमा पनि सवारी आवागमनमा कुनै समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौँको बल्खु चोकमा दुई समूहबिच ढुङ्गामुढा र तोडफोड भएको छ । प्रहरी जवान धनराज खत्रीका अनुसार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा सङ्घको बाइक र्‍यालीमाथि बल्खु चोकमा ढुङ्गा प्रहार भएपछि झडप भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको उनको भनाइ छ । यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

Published Date: 23 November 2023


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु