यस्ता व्यक्तिले मुला खानु हानिकारक

यस्ता व्यक्तिले मुला खानु हानिकारक : Icon Khabar

काठमाडौं, मंसिर ७ । मुला एक स्वादिष्ट र पौष्टिक तरकारी हो । मुलामा भिटामीन सी, भिटामिन के, फाइबर र पोटाशियमजस्ता पोषक तत्व पाइन्छ ।

मुलाको सेवन गर्नाले विभिन्न किसिमका स्वास्थ्यलाभ प्राप्त हुन्छ, जस्तै पाचनमा सुधार, कब्जियत टाढा हुन्छ, वजन कम गर्नुका साथै रोग प्रतिरोधक क्षमता बढ्छ ।

यद्यपि, मूला सेवन गर्नु अगाडि केहि कुरामा ध्यान राख्नु आवश्यक छ । मूला केहि मानिसका लागि हानिकारक पनि हुन्छ । कस्ता मानिसले मूला सेवन गर्नु हुँदैन त ?

लो ब्लड प्रेशर

जुन मानिसलाई लो ब्लड प्रेशरको समस्या हुन्छ, उनीहरुले मूला सेवन गर्नु हुँदैन । मूलामा मूत्रवर्धक गुण हुन्छ जसले शरीरबाट पानी बाहिर निकाल्छ । यसले गर्दा लो ब्लड प्रेशरको समस्या झन बढ्छ ।

हाइपोग्लाइसीमिया

जुन मानिसमा हाइपोग्लाइसीमिया ९कम ब्लड शुगर० को समस्या हुन्छ, उनीहरुले मूलको सेवन सीमित मात्रामा गर्नु पर्छ । मूलामा इन्सुलिनको मात्रा बढाउने गुण हुन्छ जसले ब्लड शुगरको स्तर कम हुन सक्छ ।

पित्तको पथरी

जुन मानिसमा पित्तको पत्थरीको समस्या हुन्छ, उनीहरुले मूला खानु हुँदैन । मूलामा पित्तको उत्पादनलाई बढाउने गुण हुन्छ । जसले पित्तको पथरीको समस्या बढ्छ ।

गर्भवती महिला

गर्भवती महिलाले पनि मूला सेवन गर्नु हुँदैन । मूलामा केहि त्यस्तो गुण हुन्छ, जुन गर्भपातको कारण बन्न सक्छ ।

स्तनपान गराउने महिला

स्तनपान गराउने महिलाले पनि मूला सेवन गर्नुु हुँदैन अथवा सीमित मात्रामा गर्नु पर्छ । मूलामा केहि त्यस्ता गुण हुन्छ, जसले स्तनको दूधमा जान सक्छ र स्तनपान गर्ने शिशुलाई नोक्सान पुर्याउन सक्छ ।

Published Date: 23 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी