यस्ता व्यक्तिले मुला खानु हानिकारक

यस्ता व्यक्तिले मुला खानु हानिकारक : Icon Khabar

काठमाडौं, मंसिर ७ । मुला एक स्वादिष्ट र पौष्टिक तरकारी हो । मुलामा भिटामीन सी, भिटामिन के, फाइबर र पोटाशियमजस्ता पोषक तत्व पाइन्छ ।

मुलाको सेवन गर्नाले विभिन्न किसिमका स्वास्थ्यलाभ प्राप्त हुन्छ, जस्तै पाचनमा सुधार, कब्जियत टाढा हुन्छ, वजन कम गर्नुका साथै रोग प्रतिरोधक क्षमता बढ्छ ।

यद्यपि, मूला सेवन गर्नु अगाडि केहि कुरामा ध्यान राख्नु आवश्यक छ । मूला केहि मानिसका लागि हानिकारक पनि हुन्छ । कस्ता मानिसले मूला सेवन गर्नु हुँदैन त ?

लो ब्लड प्रेशर

जुन मानिसलाई लो ब्लड प्रेशरको समस्या हुन्छ, उनीहरुले मूला सेवन गर्नु हुँदैन । मूलामा मूत्रवर्धक गुण हुन्छ जसले शरीरबाट पानी बाहिर निकाल्छ । यसले गर्दा लो ब्लड प्रेशरको समस्या झन बढ्छ ।

हाइपोग्लाइसीमिया

जुन मानिसमा हाइपोग्लाइसीमिया ९कम ब्लड शुगर० को समस्या हुन्छ, उनीहरुले मूलको सेवन सीमित मात्रामा गर्नु पर्छ । मूलामा इन्सुलिनको मात्रा बढाउने गुण हुन्छ जसले ब्लड शुगरको स्तर कम हुन सक्छ ।

पित्तको पथरी

जुन मानिसमा पित्तको पत्थरीको समस्या हुन्छ, उनीहरुले मूला खानु हुँदैन । मूलामा पित्तको उत्पादनलाई बढाउने गुण हुन्छ । जसले पित्तको पथरीको समस्या बढ्छ ।

गर्भवती महिला

गर्भवती महिलाले पनि मूला सेवन गर्नु हुँदैन । मूलामा केहि त्यस्तो गुण हुन्छ, जुन गर्भपातको कारण बन्न सक्छ ।

स्तनपान गराउने महिला

स्तनपान गराउने महिलाले पनि मूला सेवन गर्नुु हुँदैन अथवा सीमित मात्रामा गर्नु पर्छ । मूलामा केहि त्यस्ता गुण हुन्छ, जसले स्तनको दूधमा जान सक्छ र स्तनपान गर्ने शिशुलाई नोक्सान पुर्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2023
Website | + posts