आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर ७ । आज २०८० मंसिर ७ गते बिहिबार, तद्अनुसार २३ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल एकादशी, वज्र वणिज उत्तरभाद्र, हरिबोधिनी एकादशी व्रत (तुलसी विवाह) ।

आजको राशिफल

मेष: दौडधूप बढ्ने छ । बोलीमा संयमता अपनाउनु होला । शत्रुले हानि पुर्याउन सक्ने छन् । राजकीय सहयोग पाइने छ ।

वृष: मेहनत सफल रहने छ । कार्यको प्रशंसा हुनेछ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: पुराना साथी तथा आफन्तहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

कर्कट: यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । धार्मिक कार्यमा रुचिका कारण तपाईंको मनोबल उच्च रहने छ ।

सिंह: फजूल खर्च हुनेछ । शारीरिक कष्टको सम्भावना छ । तपाईंको मिलनसार तथा धैयर्ववान स्वभावले जीवनमा आनन्दको सञ्चार गर्नेछ ।

कन्या: डूबेको रकम प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता रहने छ ।

तुला: योजना फलीभूत हुनेछ । प्रसन्नता रहने छ । उत्तम मनोबलले तपाईंका सबै समस्याहरु हल गर्नेछ ।

वृश्चिक: पूजा–पाठमा मन लाग्ने छ । प्रसन्नता रहने छ । व्यवहार कुशलताले समस्याहरु समाधान हुने छ ।

धनु:सवारीसाधन तथा मेशिनरीको प्रयोगमा सावधानी अपनाउनु होला । विवादलाई नबढाउनु उचित हुनेछ । व्यावसायिक क्षेत्रमा सफलताको विशेष योग छ ।

मकर: राजकीय वाधा हट्ने छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ ।

कुम्भ: सम्पत्तिको कार्यले लाभ दिने छ । यात्रा, जागिर तथा लगानी लाभदायक रहने छ । सन्तानको शिक्षा सम्बन्धि समस्या रहन सक्छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । रचनात्मक कार्य सफल रहने छ । प्रसन्नता कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2023
Website | + posts