नेपालको धर्म, संस्कृतिमा आँच आउने संवाद र दृश्य भएको फिल्मलाई रोक लगाउन मेयर बालेनको सेन्सर बोर्डलाई पत्र

नेपालको धर्म, संस्कृतिमा आँच आउने संवाद र दृश्य भएको फिल्मलाई रोक लगाउन मेयर बालेनको सेन्सर बोर्डलाई पत्र : Icon Khabar

काठमाडौँ, मंसिर ६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन भन्दै फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

मेयर बालेनले चार बुँदे सुझाव दिँदै सेन्सर बाेर्डलाई पत्र लेखेका हुन् । उनले लेखेकाे पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन अनुरोध गरिएकाे छ ।

यी कुराकाे ख्याल नराखी प्रतिबन्धित चलचित्रकाे दृश्य तथा संवाद सहितकाे चलचित्र प्रदर्शन गरिएमा महानगरले प्रचलित कानून बमाेजिम आवश्यक कदम चाल्ने समेत बालेनले चेतावनी दिएका छन् ।

मेयर बालेनले सेन्सर बोर्डलाई दिएको सुझाव यस्ता छन्:

१. नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारण गर्न रोक लगाउने

२. पञ्चशीलता सिद्धान्त/शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउने

३. कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने

४. कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने

यसैगरी, फिल्म सेन्सर बोर्डले गर्दै आएको कार्यले चलचित्रबाट समाजमा पर्ने नकरात्मक प्रभाव कम गर्नको लागि कदम चालेकाे मेयर बालेनले बताएका छन् ।

Published Date: 22 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग