भक्तपुरमा माटो परीक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुरमा माटो परीक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर ६ । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा माटो परीक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा सांसद सुवालले कृषि उत्पादन बढाई देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने बताए । माटोको गुणस्तर कायम राख्न समय–समयमा माटो परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नयाँ पुस्ताले पढाइसँगै कृषि कामलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

पहिले धान–गहुँ निर्यात गर्ने देश हाल खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले नयाँ नीति ल्याउनुपर्ने विचार राखे।
भ.न.पा. ३ का वडाध्यक्ष एवं कृषि समितिका संयोजक राजकृष्ण गोराले देशमा कृषि उत्पादन बढाउन समय–समयमा माटो परीक्षण गर्नुपर्ने र मलको सही मात्रा प्रयोग गर्नुपर्ने कुरा राखे । खाद्यान्नमा देश परनिर्भर हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।

कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक अवस्था उकास्नुपर्ने, युवा पुस्ता विदेश जाने रोक्न स्वदेशमै रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राखिन्। अमेरिकी हतियारको सहयोगमा इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको युद्ध रोक्नुपर्ने विचार उनले व्यक्त गरीन्।

कृषि विशेषज्ञ रवि ख्याजुले भ.न.पा.का विभिन्न वडामा १३० वटा नमुना सङ्कलन गरी माटो परीक्षण गर्दा माटोमा अधिकांश क्षेत्रमा कृषि चुनको मात्रा कम भएको पाइएको कुरा राखे। माटोमा १६ थरीका खाद्य तत्व हुने र समय–समयमा माटो परीक्षण गरी पोषक तत्व कायम गरी राख्नसके माटो प्रदूषण हुनबाट बच्न सकिने उनले बताए।

भनपा ६ न. का वडाध्यक्ष हरिराम सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेत बाँझो राख्न नहुने, युवा पुस्तालाई देशमै कृषि तालिम दिएर कृषिप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा ६ न. का वडा सचिव बुद्धिप्रसाद दुवालले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 November 2023
Website | + posts