विश्वकप छनोट : यमनसँग नेपाल पराजित

विश्वकप छनोट : यमनसँग नेपाल पराजित : Icon Khabar

काठमाडौं, मंसिर ५ । घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा यमनले नेपाललाई दुई गोल हानेको हो । यमनका ओमार अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल प्रहार गरे । खेलको ७२ औँ मिनेटमा ओमारको गोलबाट अग्रता लिएको यमनका लागि ९० औँ मिनेटमा मोहम्मद अल दाहीले गोल गर्दै अग्रता दोब्बर पारे ।

याे नेपालकाे लगातार दाेस्राे हार हाे ।  यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न