काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरू

काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरू : Icon Khabar

काठमाडौँ, मंसिर ६ । काठमाडौंको भृकुटीमण्डपमा दक्षिणएशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३ शुरू भएको छ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले संयुक्त रुपमा पुस्तक प्रदर्शनी आयोजना गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रदर्शनको उद्घाटन गरेका थिए।

प्रदर्शनीमा दक्षिणएशिया क्षेत्रका नेपाल, चीन, भारत, बाङ्लादेशका प्रकाशक, उत्पादक तथा वितरक सहभागी छन्। दक्षिणएशियाली देशसँगै अमेरिका, इजिप्ट सहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक सहभागी रहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका महासचिव शिवसागर शर्माले बताए।

महासचिव शर्माका अनुसार प्रदर्शनीमा १८० स्टल रहेका छन्। पुस्तक प्रदर्शनी मंसीर ९ गतेसम्म सञ्चालन हुनेछ ।

Published Date: 22 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु